+
+
Shares

डलर, युरो र पाउण्डको भाउ घट्यो, स्विस फ्र्यांकको बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते ५:००

१८ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर, युरो र पाउन्ड स्टर्लिङको भाउ घटेको छ ।

अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको पनि भाउ घट्दा स्विस फ्र्यांकको भाउ भने बढेको छ ।

आज अमेरिकी डलर एकको खरिदर खरिदर १५१ रुपैयाँ २९ पैसा र  बिक्रीदर १५१ रुपैयाँ ८९ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिदर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा थियो ।

आज युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ १९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८६ पैसा छ । हिजो युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १ पैसा र बिक्रीदर १७० रुपैयाँ ६८ पैसा थियो ।

आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६९ पैसा छ । हिजो पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०४ रुपैयाँ २२ पैसा थियो ।

स्विस फ्र्यांकको भाउ भने आज हिजोको तुलनामा आज बढेको छ । आज स्विस फ्र्यांक एकको खरिददर १८४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८५ रुपैयाँ ५६ पैसा छ । हिजो स्विस फ्र्यांक एकको खरिददर १८४ रुपैयाँ ६० पैसा र बिक्रीदर १८५ रुपैयाँ ३३ पैसा थियो ।

आज अस्ट्रेलियन डलरको भाउ भने घटेको छ । आज अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ५० र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा थियो ।

आज क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६९ पैसा छ । हिजो क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९४ पैसा थियो ।

आज सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ११ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५८ पैसा छ । हिजो सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११९ रुपैयाँ थियो ।

वाणिज्य बैंकहरूले निर्धारण गर्ने विदेशी मुद्राको विनिमयदर भने राष्ट्र बैंकले तोकेको दरभन्दा फरक हुन सक्ने जनाइएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?