१८ कात्तिक, काठमाडौं । बारामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका-४ औराहमा बुधबार बिहान रुखबाट लडेर ६४ वर्षीय ज्ञानबहादुर थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
थिङ आफ्नै घर नजिक बकाइनोको रुखमा चढी घाँस काट्ने क्रममा लडेर घाइते भएका थिए ।
उनलाई उपचारका लागि तत्कालै जितपुरसिमरा नगर अस्पताल लगिएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4