+
+
Shares

ललितपुरका मासु पसल र वधशालालाई प्रशासनको निर्देशन- अनिवार्य अनुमति लिएरमात्र चलाउनू

१ मंसिरपछि मापदण्ड विपरीत वा अनुमतिविना सञ्चालन भएका व्यवसायमाथि कानुनी कारबाही हुने सरकारले बताउँदै आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते १५:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले १ मंसिरदेखि काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन २०५५’ पूर्णरूपमा लागू गर्ने भएको छ ।
  • ललितपुर प्रशासनले जिल्लाभरका मासु पसल, पशु वधस्थल र वधशालालाई मापदण्ड पूरा गरेर सञ्चालन अनुमति लिन निर्देशन दिएको छ ।
  • १ मंसिरपछि मापदण्डविपरीत वा अनुमतिविना सञ्चालन भएका व्यवसायमाथि कानुनी कारबाही हुने सरकारले बताएको छ ।

१८ कात्तिक, काठमाडौं । सरकारले उपभोक्तालाई स्वच्छ र स्वस्थ मासु उपलब्ध गराउने उद्देश्यले आगामी १ मंसिरदेखि काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन २०५५’ पूर्णरूपमा लागु गर्न लागेको छ ।

यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय ललितपुरले आफ्ना जिल्लाभरि सञ्चालित मासु पसल, पशु वधस्थल तथा वधशालाहरूलाई अनिवार्य मापदण्ड पूरा गरी सञ्चालन अनुमति लिन निर्देशन दिएको छ ।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा उक्त ऐन लागु गर्ने सरकारको निर्णय कार्यान्वयनका लागि यो कदम चालिएको बताए ।

प्रशासनले ललितपुर जिल्लाभित्र मासु व्यवसाय र वधशाला सञ्चालन गरिरहेका सम्पूर्ण सरोकारवालालाई सम्बन्धित निकायबाट अनिवार्य सञ्चालन अनुमति लिन र कानुन बमोजिम मापदण्ड पूरा गरेरमात्र व्यवसाय सञ्चालन गर्न सूचित गरेको छ ।

१ मंसिरपछि मापदण्ड विपरीत वा अनुमतिविना सञ्चालन भएका व्यवसायमाथि कानुनी कारबाही हुने सरकारले बताउँदै आएको छ ।
नयाँ नियम र मापदण्डका विषयमा थप जानकारी आवश्यक परे पशु सेवा कार्यालय लगनखेल (ललितपुर) मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?