News Summary
Generated by OK AI. Editorially reviewed.- अध्यागमन विभागले अनुमतिविना बेल्जियमका दुई पर्यटकलाई डोल्पोबुद्धतर्फ लैजान खोज्ने गरिमा भोयज ट्राभल टुर्स एन्ड ट्रेक्स प्रालिलाई ५० हजार जरिबाना तिराएको छ ।
- विभागले स्थानीय प्रशासनको निर्देशन अवज्ञा गरेको घटनामा संलग्न गाइड अस्मिर भण्डारीमाथि छानबिन गरी कानुनबमोजिम कारबाही गर्न प्रदेश मन्त्रालयलाई लेखी पठाएको छ ।
- विभागले प्रचलित कानुन अनुसार मात्र गतिविधि गर्न र गराउन सरोकारवालालाई सचेत गराएको छ ।
१८ कात्तिक, काठमाडौं । अध्यागमन विभागले पर्यटकलाई अनुमतिविना निषेधित क्षेत्र प्रवेश गराउने ट्रेकिङ एजेन्सी र गाइडलाई जरिबाना तथा कारबाही गरेको छ ।
बेल्जियमका दुई पर्यटकलाई पदयात्रा अनुमतिविना डोल्पाको डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजिएको र सोही क्रममा स्थानीय प्रशासनको निर्देशन समेत अवज्ञा गरेको विभागले जनाएको छ ।
यसबारे जिल्ला प्रशासन कार्यालय डोल्पाले पत्रमार्फत विभागलाई जानकारी गराएको थियो । विभागले उक्त कार्यमा संलग्न गरिमा भोयज ट्राभल टुर्स एन्ड ट्रेक्स प्रालिलाई ५० हजार जरिबाना तिराएको छ ।
सोही घटनामा संलग्न गाइड अस्मिर भण्डारीको व्यावसायिक आचरण तथा पथ प्रदर्शक इजाजतपत्र सम्बन्धित विषयमा आवश्यक छानबिन गरी कानुन बमोजिम कारबाही गर्न प्रदेश मन्त्रालयलाई लेखी पठाइएको छ । विभागले प्रचलित कानुन अनुसार मात्र गतिविधि गर्न/गराउन सरोकारवालालाई सचेत गराएको छ ।
प्रतिक्रिया 4