News Summary
Generated by OK AI. Editorially reviewed.- लेमन ट्री प्रिमियर बुढानीलकण्ठले एनपीएलका खेल प्रत्यक्ष प्रसारणसँगै हेर्न प्रतिव्यक्ति २ हजार ९९९ रुपैयाँको विशेष प्याकेज ल्याएको छ।
- प्याकेजमा खेल अवधिभर असीमित बियर र भेज वा ननभेज खाजा समावेश गरिएको होटलले जनाएको छ।
- यो प्याकेज २१ नोभेम्बर २०२६ सम्म होटलको ‘स्लाउन्ज’ मा दिउँसो ३ बजेदेखि राति ११ बजेसम्म उपलब्ध हुनेछ।
१९ कात्तिक, काठमाडौं । लेमन ट्री प्रिमियर बुढानीलकण्ठले नेपाल प्रिमियर लिग (एनपीएल) को रोमाञ्चक खेल हेर्न चाहने क्रिकेटप्रेमीका लागि विशेष प्याकेज ल्याएको छ ।
होटलको लाउन्ज ‘स्लाउन्ज’ मा उपलब्ध हुने यस प्याकेजअन्तर्गत पाहुनाले प्रत्यक्ष प्रसारणमार्फत एनपीएलका खेल हेर्दै स्वादिष्ट परिकार र बियरको आनन्द लिन सक्नेछन् ।
प्रतिव्यक्ति २ हजार ९९९ रुपैयाँ (करसहित) मूल्य निर्धारण गरिएको प्याकेजमा खेल सञ्चालन हुने अवधिभर असीमित बियर र भेज वा ननभेज खाजा समावेश गरिएको छ । ननभेज खाजामा चिकेन बार्बेक्यु टिक्का तथा भेज खाजामा चिजयुक्त च्याउको परिकार उपलब्ध हुनेछ ।
क्रिकेटको रोमाञ्चसँगै खानपान र मनोरञ्जनको अनुभव प्रदान गर्ने उद्देश्यले ल्याइएको यस प्याकेजले साथीभाइ तथा परिवारसँग बसेर मनपर्ने टोलीलाई समर्थन गर्दै रमाइलो गर्ने अवसर प्रदान गर्ने होटलले जनाएको छ ।
यो प्याकेज आगामी २१ नोभेम्बर २०२६ सम्म उपलब्ध हुनेछ । पाहुनाले दिउँसो ३ बजेदेखि राति ११ बजेसम्म होटलको स्लाउन्जमा यस सुविधाको उपयोग गर्न सक्नेछन् ।
प्रतिक्रिया 4