+

यु-१९ एसिया कप क्रिकेट : आज नेपालले भारतसँग खेल्दै

२०८३ कात्तिक  २० गते ८:५१ २०८३ कात्तिक २० गते ८:५१

२० कात्तिक, काठमाडौं । यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपालको खेल हुँदैछ । नेपालले आज भारतसँग खेल्न लागेको हो ।

नेपाल र भारतको खेल आज बिहान पौने ११ बजे ओमानको अल अमेरातमा हुनेछ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ । समूह चरणमा नेपालले भारतपछि २२ गते युनाइटेड अरब इमिरेट्स (युएई) र २४ गते पाकिस्तानविरुद्ध खेल्ने तालिका छ । प्रतियोगिता यही २८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताका लागि नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा टोली घोषणा गरेको छ । टोलीमा निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्टले अवसर पाएका छन् ।

यु-१९ एसिया कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय