News Summary
Generated by OK AI. Editorially reviewed.- मंसिर मसान्तभित्र सूचीकृत ८ कम्पनीका सामूहिक लगानी कोष, संस्थापक, कर्मचारी र प्रभावित स्थानीयका सेयरमा लकइन अवधि सकिने भएको छ ।
- लकइन अवधि सकिएपछि ती सेयर बजार मूल्यमै किनबेच गर्न मिल्ने र आपूर्ति बढेर मूल्य घट्ने जोखिम रहनेछ ।
- याम्बलिङ, भिजन लुम्बिनी, टक्सार पिखुवाखोला, स्नो रिभर्स, मुक्तिनाथ कृषि, नेपाल वेयरहाउजिङ, कालंगा र सानीगढ हाइड्रोका सेयरमा लकइन सकिने मिति सार्वजनिक भएको छ ।
२२ कात्तिक, काठमाडौं । मंसिर मसान्तभित्र सूचीकृत ८ कम्पनीका सेयरमा विभिन्न पक्षको लकइन अवधि सकिने भएको छ ।
सामूहिक लगानी कोष, संस्थापक, कर्मचारी तथा प्रभावित स्थानीयको सेयरमा लकइन अवधि रहने गरेको छ । यस्तो सेयरमा लकइन अवधि सकिएपछि बजार मूल्यमै किनबेच गर्न बाटो खुल्छ । जसले बजारमा आपूर्ति बढ्ने र मूल्य घट्न सक्ने जोखिम रहन्छ ।
लकइन अवधि सकिनुभन्दा १ महिना अगाडि सार्वजनिक सूचना जारी गरेर जानकारी गराउनुपर्ने व्यवस्थाअनुरुप कम्पनीहरूले सार्वजनिक सूचनामार्फत जानकारी गराउँदै आएका छन् ।
सेयर सर्वसाधारणमा बाँडफाँट भएको मितिले सामुहिक लगानी कोषका हकमा ६ महिना, स्थानीय तथा संस्थाकका हकमा ३ वर्षसम्म सेयरमा लकइन रहने गरेको छ ।
मंसिर मसान्तभित्र विभिन्न पक्षले होल्ड गरेको सेयरमा लकइन अवधि सकिने ८ कम्पनीमा याम्बलिङ हाइड्रोपावर, भिजन लुम्बिनी ऊर्जा, टक्सार पिखुवाखोला हाइड्रोपावर, स्नो रिभर्स, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ कम्पनी, कालंगा हाइड्रोपावर र सानीगढ हाइड्रो रहेका छन् ।
कुन कम्पनीका सेयरमा कहिले सकिँदैछ लकइन ?
याम्बलिङ हाइड्रोपावरमा म्युचुअल फन्डले होल्ड गरेको १ लाख ५ हजार कित्ता सेयरमा कात्तिक २९ गते लकइन अवधि सकिँदैछ ।
त्यस्तै भिजन लुम्बिनी ऊर्जाको सेयरमा संस्थापकबाट होल्ड भएको १ करोड ५३ लाख कित्ता, प्रभावित स्थानीयको १४ लाख २४ हजार ५९० कित्ता र कर्मचारीको ३८ हजार २५० कित्ता गरी कुल १ करोड ६७ लाख ६२ हजार ८४० कित्ता सेयरमा मंसिर ४ गते लकइन अवधि सकिँदैछ ।
टक्सार पिखुवाखोला हाइड्रोपावरमा म्युचुअल फन्डले होल्ड गरेको १ लाख ४९ हजार ३२ कित्ता सेयरमा लकइन अवधि मंसिर ५ गते सकिँदैछ ।
स्नो रिभर्समा म्युचुअल फन्डकै होल्डिङ ४६ हजार ८७५ कित्ता सेयर मंसिर ११ गते लकइन अवधि सकिँदैछ ।
मुक्तिनाथ कृषि कम्पनीमा संस्थापकको ६० लाख ४८ हजार कित्ता तथा कर्मचारीको ४५ हजार ३६० कित्तासहित कुल ६० लाख ९३ हजार ३६० कित्ता सेयरमा लकइन अवधि मंसिर १८ गते सकिँदैछ ।
नेपाल वेयरहाउजिङ कम्पनीमा संस्थापकको ५५ लाख तथा कर्मचारीको २७ हजार ५ सय कित्ता सेयरमा मंसिर १९ गते लकइन अवधि सकिँदैछ ।
कालंगा हाइड्रोपावरको सेयरमा म्युचुअल फन्डको १ लाख ७५ हजार कित्ता सेयरमा मंसिर २६ गते लकइन अवधि सकिँदैछ ।
त्यस्तै सानीगढ हाइड्रोको सेयरमा म्युचुअल फन्डको २ लाख ८५ हजार कित्ता सेयरमा मंसिर २९ गते लकइन अवधि सकिने भएको छ ।
प्रतिक्रिया 4