रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी गरेको पछिल्लो आक्रमणपछि नीप्रोपेट्रोभ्स्क क्षेत्रमा ६ लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन्।
विद्युत् आपूर्ति अवरुद्ध भएपछि अस्पतालहरू जेनेरेटरको भरमा सञ्चालन भइरहेका छन्। राजधानी किएभसहित खार्किभ र पोल्टाभा क्षेत्रमा पनि विद्युत् कटौती भएको छ।
युक्रेनी अधिकारीहरूका अनुसार रुसी नियन्त्रणमा रहेको बन्द अवस्थामा रहेको जापोरिजिया आणविक ऊर्जा केन्द्रको शीतलन प्रणालीको बाह्य विद्युत् सम्पर्क पनि पुनः विच्छेद भएको छ।
स्थानीय नेता ओलेक्सान्द्र गान्झाका अनुसार संकटलाई ध्यानमा राख्दै अस्पताल तथा अन्य अत्यावश्यक सेवाका केन्द्रहरू सञ्चालन गर्न जेनेरेटरको सहारा लिनुपरेको छ।
रुसी आक्रमणका कारण राजधानी किएभ, खार्किभ र पोल्टाभासहित युक्रेनका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ।
प्रतिक्रिया 4