News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको मध्य प्रदेशको कटनीमा दीपावलीको राति भवनमा आगलागी हुँदा एउटै परिवारका ६ जनाको मृत्यु भएको छ।
- एसडीओपी वीरेन्द्र नारवेका अनुसार भवनको भुइँतलामा प्लास्टिकसम्बन्धी उद्योग र माथिल्लो तलामा परिवार बस्दै आएको थियो।
- प्रहरीले आगलागीको कारण खुल्न नसकेको र अनुसन्धानपछि मात्रै वास्तविक कारण थाहा हुने जनाएको छ।
२३ कात्तिक, काठमाडौं । भारतको मध्य प्रदेशस्थित कटनीमा दीपावलीको राति एक भवनमा आगलागी हुँदा एउटै परिवारका ६ जनाको मृत्यु भएको छ ।
कटनीका एसडीओपी वीरेन्द्र नारवेले समाचार एजेन्सी एएनआईलाई दिएको जानकारीअनुसार भवनको भुइँतलामा प्लास्टिकसम्बन्धी उद्योग सञ्चालनमा थियो । माथिल्लो तलामा परिवार बस्दै आएको थियो ।
आगलागीको वास्तविक कारण खुल्न सकेको छैन । प्रारम्भिक अनुमानअनुसार दियोबाट आगो सल्किएको वा विद्युत् सर्ट सर्किटका कारण आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।
घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ । मृत्यु हुनेमा करिब ७० वर्ष उमेरका दुई ज्येष्ठ नागरिक, एक महिला र तीन बालबालिका रहेका छन् ।
प्रतिक्रिया 4