News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल वायुसेवा निगमले चार जहाज किन्न लिएको ३४ अर्ब रुपैयाँ बराबरको ऋण बढेर ५५ अर्ब ९२ करोड पुगेको छ ।
- महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८२/८३ सम्म साँवा ४४ अर्ब ६८ करोड र ब्याज ११ अर्ब २४ करोड पुगेको छ ।
- दुई वाइड बडी र दुई न्यारोबडी जहाज किन्न सरकारले जमानत बसेर कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले ऋण दिएका थिए ।
२३ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले चार जहाज किन्न लिएको ३४ अर्ब रुपैयाँ बराबर ऋण बढेर ५५ अर्ब ९२ करोड पुगेको छ ।
दुई थान वाइड बडी र दुई न्यारोबडी जहाज किन्ने प्रयोजनका लागि नेवानिलाई नेपाल सरकार जमानत बसेर कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले ऋण दिएका थिए ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार यी जहाज किन्न सुरु जमानत साँवा ३४ अर्ब रुपैयाँ थियो । अहिले बाँकी जमानत रकम ५५ अर्ब ९२ करोड पुगेको छ ।
नेवानिको वाइड बडी जहाज किन्न सञ्चय कोषले १२ अर्ब ऋण दिएको थियो । नागरिक लगानी कोषले अर्को १२ अर्ब ऋण दिएको थियो । त्यसअघि न्यारो बडी किन्न कर्मचारी सञ्चय कोषले नै १० अर्ब ऋण दिएको थियो ।
गत आर्थिक वर्ष २०८२/८३ सम्म साँवा बढेर ४४ अर्ब ६८ करोड पुगेको छ । ब्याज ११ अर्ब २४ करोड कायम छ । यस अनुसार अब निगमले तिर्न बाँकी रकम ५५ अर्ब ९२ करोड पुगेको हो ।
प्रतिक्रिया 4