+
+
Shares

छठ मनाउन गगन थापा सर्लाही जाने

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २४ गते ११:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही–४ जाने भएका छन् ।
  • थापाको सचिवालयले छठ पूजाको दिन उनी आफ्नो निर्वाचन क्षेत्र जाने कार्यक्रम तय भएको जनाएको छ ।
  • सचिवालयका अनुसार थापाले आज नेपाल संवतको कार्यक्रम र म्हः पूजामा पनि सहभागी हुँदै छन् ।

२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् ।

उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने भएका हुन् ।

उनको सचिवालयले छठ पूजाको दिन सभापति थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाने कार्यक्रम तय भएको जनाएको छ ।

सचिवालयले भनेको छ, ‘भोलि सामान्य तरिकाले घरमै तिहार मनाउने कार्यक्रम छ ।’

सचिवालयका अनुसार सभापति थापा आज (मंगलबार) नेपाल संवतको कार्यक्रम र म्हः पूजामा सहभागी हुँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?