+
+
Shares

देउसी–भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्न प्रतिबद्ध छौं : गृहमन्त्री

गृहमन्त्री सुधन गुरुङले चाडपर्वका नाममा हुने अश्लील तथा विकृत गतिविधि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २४ गते १९:३८

२४ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चाडपर्वका नाममा हुने अश्लील तथा विकृत गतिविधि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मंगलबार फेसबुकमार्फत उनले मौलिक परम्परा र सांस्कृतिक मर्यादामा आँच आउने गरी देउसी–भैलो खेल्ने क्रममा हुने अमर्यादित क्रियाकलापलाई कानुनबमोजिम कडाइका साथ नियन्त्रण गरिने बताएका हुन् ।

गृहमन्त्री गुरुङले यस्ता गतिविधिप्रति गृह मन्त्रालय गम्भीर रहेको उल्लेख गर्दै त्यस्ता क्रियाकलाप देखिए तत्काल प्रहरीको १०० नम्बरमा खबर गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?