६ कात्तिक, काठमाडौं । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरसम्म पुग्ने साँघुरो पुलमा भाइटीका लगाउन जानेहरूको चहलपहल छ । कोही मन्दिरतर्फ अघि बढिरहेका छन् त कोही टीका लगाएर फर्किँदै छन् ।
दिदीबहिनी नभएका तथा विभिन्न कारणले आफ्ना दिदीबहिनीसँग भेट हुन नसकेका दाजुभाइ रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुगेर भाइटीका लगाइरहेका छन् ।
मन्दिर परिसरमा बसेर दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरङ्गी टीका लगाइदिने र माला पहिर्याइदिने दृश्य देखिन्छ । टीका लगाउन आएका दाजुभाइ र उनीहरूलाई टीका लगाइदिने दिदीबहिनीको उपस्थितिले मन्दिर परिसरमा भाइटीकाको रौनक थपिएको छ ।
विदेशी पर्यटकहरूले पनि रानीपोखरीमा टीका लगाएर रमाइलो गरिरहेका छन् ।










प्रतिक्रिया 4