+
+
Shares

सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा यातायात सञ्चालनमा समस्या

पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २६ गते ८:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा लगातार खसेको सुक्खा पहिरो पन्छाएर पृथ्वी राजमार्ग मङ्गलबार दिउँसो १ः४० बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको छ।
  • जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनिल थापाका अनुसार चाडपर्वको सवारी चाप र मजदुर बिदाका कारण सडक दुईतर्फी सञ्चालन गर्न कठिन भएको छ।
  • मौसम, सवारी चाप र अवस्थाअनुसार मात्र दुईतर्फी यातायात खुलाइने र जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

२६ कात्तिक, चितवन । पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा आइतबार, सोमबार र मङ्गलबार लगातार खसेको सुक्खा पहिरो पन्छाएर मङ्गलबार दिउँसो १ः४० बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल थापाका अनुसार चाडपर्वका कारण सवारीको चापले गर्दा दुईतर्फी यातायात सञ्चालनमा ल्याउन कठिन भएको हो । उनले भने, ‘पहिरो ठूलो हुँदा र मजदुर बिदामा जाँदा सडक दुईतर्फी रुपमा सञ्चालनमा ल्याउन कठिन भएको हो ।’

पहिरो पन्छाउने उकरणहरु तयारी अवस्थामा राखिएकाले सामान्य पहिरो खसेमा तत्काल सफा गर्ने गरी व्यवस्थापन गरिएको उनको भनाइ छ ।

मौसमको अनुकूलता, सवारी चाप र अन्य अवस्था हेरेर मात्र सडक दुईतर्फी सञ्चालनमा ल्याइने छ । यस सडक हुँदै सङ्घीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने गाडी तथा यात्रुलाई विभिन्न समयमा खस्ने पहिरोले समस्या पार्ने गर्दछ । सडक एकतर्फी खुले पनि जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?