२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले प्यूठानका अर्जुन गिरीलाई भ्रातृ संगठन नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा मनोनीत गरेको छ ।
देउवा समूहको ‘१५औं नियमित महाधिवेशन तयारी समिति’का संयोजक डा. शशांक कोइरालाले बिहीबार उनलाई महासंघको अध्यक्षमा मनोनीत गरेका हुन् ।
पार्टी विधानको धारा ४२ (१) (च) बमोजिम गिरीलाई अध्यक्ष मनोनयन गरिएको पत्रमा उल्लेख छ । पत्रमा गिरीलाई आगामी ६ महिनाभित्र सांस्कृतिक महासंघको महाधिवेशन सम्पन्न गर्न भनिएको छ ।
लामो समयदेखि नेपाली चलचित्र तथा कला क्षेत्रमा सक्रिय गिरी राजनीतिमा क्रियाशील छन् । उनी यसअघि महासंघका सहमहामन्त्री थिए ।
उनी देउवा समूहको प्यूठान जिल्ला अधिवेशनबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका थिए ।
प्रतिक्रिया 4