+
+
Shares

कर्णालीले जित्यो टस, पहिले ब्याटिङ गर्ने

नियमित कप्तान सोमपाल कामीको स्थानमा आज मिलरले कर्णालीको कप्तानी गर्दैछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २६ गते १६:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनपीएलको तेस्रो सिजनअन्तर्गत त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे हुने खेलमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
  • कर्णाली याक्सको आजको कप्तानी डेभिड मिलरले गर्नेछन्।
  • कर्णालीले ब्याटिङ रोजेपछि लुम्बिनीले बलिङ गर्ने भएको छ।

२६ कात्तिक, काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) कर्णाद्यी याक्सले साविक विजेता लुम्बिनी लायन्स विरुद्ध ब्याटिङ गर्ने भएको छ ।

नयाँ कप्तान डेभिड मिलरले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।

नियमित कप्तान सोमपाल कामीको स्थानमा आज मिलरले कर्णालीको कप्तानी गर्दैछन् ।

कर्णालीले तीन परिवर्तन गरेको छ । जिशान आलमको स्थानमा हुसेन तलत तथा सूर्य तामाङ र युवराज खत्रीको स्थानमा विपिन प्रसाद शर्मा र दीपेन्द्र रावत पहिलो रोजाइमा खेल्दैछन् ।

यस्तै लुम्बिनीले दुई परिवर्तन गरेको छ । ग्रान्ट स्टेवार्टको स्थानमा शमिम हुसेन र तिलक राज भण्डारीको स्थानमा आइकोनिक प्लेअर करण घर्ती मगर पहिलो रोजाइमा खेल्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?