+
+
Shares

युवराजको शतक मद्दतमा पोखराले कर्णालीलाई दियो २१८ रनको लक्ष्य

क्यानडाका ओपनर समेत रहेका सम्राले एनपीएलमा आफ्नो दोस्रो खेल खेल्दै शतक बनाएका हुन् । यस सिजन एनपीएलमा शतक प्रहार गर्ने युवराज पहिलो खेलाडी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २३ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युवराज सिंह सम्राले ४८ बलमा १०२ रन बनाएपछि पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २१८ रनको लक्ष्य दिएको छ।
  • कीर्तिपुरको टीयू मैदानमा पोखराले २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनाउँदै यस सिजन २०० रन कटाउने पहिलो टोली बनेको छ।
  • सम्राले कुशल भुर्तेलसँग दोस्रो विकेटका लागि १३६ रनको साझेदारी गर्दै एनपीएल इतिहासकै उच्च साझेदारी रेकर्ड बनाएका छन्।

२३ कात्तिक, काठमाडौं । युवराज सिंह सम्राले आक्रमक शतक अनी कुशल भुर्तेलको अर्धशतक मदतमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्सलाई २१८ रनको ठूलो लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेका पोखराले सम्राको यस सिजनको पहिलो शतक मदतमा निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनाएको हो ।

यस सिजन २०० रन स्कोर गर्ने पोखरा पहिलो टिम बनेको छ । यस्तै एनपीएलमा समग्रमा यो दोस्रो ठूलो स्कोर हो । सन् २०२५ को दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखरा एभेन्जर्स विरुद्ध नै २२० रन बनाएको थियो ।

युवराज सम्राले ४५ बलमा १० चौका र ६ छक्का मदतमा १०० रन पूरा गरेका हुन् । उनले कूल ४८ बल खेल्दै १०२ रन बनाए । यस्तै कुशलले ३९ बल खेल्दै ७ छक्का मदतमा ६२ रन जोडे ।

क्यानडाका ओपनर समेत रहेका सम्राले एनपीएलमा आफ्नो दोस्रो खेल खेल्दै शतक बनाएका हुन् । यस सिजन एनपीएलमा शतक प्रहार गर्ने युवराज पहिलो खेलाडी हुन् ।

यस्तै उनी एनपीएलमा शतक प्रहार गर्ने पोखराका तेस्रो र समग्रमा चौथो खेलाडी हुन् । यसअघि पोखराका आन्द्रे गौसले लुम्बिनी लायन्स विरुद्ध पहिलो सिजनमा शतक प्रहार गरेका थिए । यस्तै पोखराका लागि दोस्रो सिजनमा एडम रोसिङगटनले कर्णाली याक्स विरुद्ध नै शतक प्रहार गरेका थिए ।

ओपनर महेदी असन १६ बलमा व्यक्तिगतमा ५ रन बनाएर आउट भएपछि सम्राले दोस्रो विकेटका लागि सम्रा र भुर्तेलले १३६ रनको साझेदारी गरेका थिए । यस सिजन यो तेस्रो शतकिय साझेदारी हो भने कुनै पनि विकेटका लागि उच्च साझेदारी समेत हो ।

यस्तै एनपीएल इतिहासमा यो उच्च साझेदारी हो । यसअघि सन् २०२४ मा भएको एनपीएलको पहिलो संस्करणमा पोखराकै आन्द्रे गौस र दिनेश खरेलले लुम्बिनी लायन्स विरुद्ध पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी गरेका थिए ।

सम्राले पहिलो विकेटका लागि महेदी हसनसँग २७ रनको साझेदारी गरेका थिए । ओपनर हसन सस्तैमा आउट भएपछि सम्राले कुशल भुर्तेलसँग मिलेर दोस्रो विकेटका लागि शतकिय साझेदारी गर्दै पोखराको इनिङ्स अघि बढाएका थिए ।

सम्रा र भुर्तेल आउट भएपछि कप्तान चमिका करुणारत्नले आक्मरक ब्याटिङ गर्दै २०० रन कटाउन मदत गरे । करुणारत्नेले केमियो इनिङ्स खेल्दै ११ बलमा ३ चौका र ३ छक्का मदतमा अविजित २५ रन जोडे । यसै खेलबाट एनपीएलमा डेब्यु गरेका सन्नी विक ३ रनमा अविजित रहे ।

कर्णालीका कप्तान सोमपाल कामीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । यस्तै मार्क वाटले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?