महिलासँगको सम्बन्धको विषयलाई लिएर विवादमा परेका टेक कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङले कम्पनीमा आफूले सम्हाल्दै आएका नेतृत्वसम्बन्धी पदहरूबाट राजीनामा दिएका छन्।
कम्पनीको सञ्चालक समितिले यससम्बन्धी घोषणा गरेको छ।
सञ्चालक समितिका अनुसार कोलेट क्रेसले अन्तरिम सीईओको जिम्मेवारी सम्हाल्न सहमति जनाएकी छन्।
उनी यसअघि नै कम्पनीको कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत का रूपमा कार्यरत थिइन्।
सञ्चालक समितिका हार्भे जोन्सले विज्ञप्तिमा भनेका छन्-‘कोलेटले एनभिडियालाई असाधारण वृद्धिको चरणमा नेतृत्व गर्न सहयोग गरेकी छन्। उनलाई हाम्रो व्यवसाय, ग्राहक, सञ्चालन तथा वित्तीय अवस्थाबारे गहिरो ज्ञान छ’
कम्पनीका अनुसार हार्भे जोन्स सञ्चालक समितिको पहिलो अध्यक्ष का रूपमा पनि निर्वाचित भएका छन्।
दुई महिलासँग विवाहेत्तर सम्बन्ध रहेको खबर सार्वजनिक भएपछि जेन्सेन हुआङको पद संकटमा परेको थियो । तीमध्ये एक महिला चिनियाँ जासुस हुन सक्ने दाबी गरिएको थियो ।
ताइवानमा जन्मिएका ६३ वर्षीय जेन्सेन हुआङले सन् १९९३ मा अमेरिकी प्रविधि कम्पनी एनभिडियाको सह संस्थापक हुन् ।
त्यसयता उनले कम्पनीको नेतृत्व गर्दै एनभिडियालाई खर्बौं डलरको कम्पनी बनाउन सफल भएका थिए ।
उनलाई प्रविधि क्षेत्रका ‘टेलर स्विफ्ट’ समेत भन्ने गरिएको थियो । उनको अनुमानित कुल सम्पत्ति १४५ अर्ब अमेरिकी डलर (१०९ अर्ब पाउन्ड) रहेको बताइन्छ ।
एनभिडिया अत्याधुनिक कम्प्युटर चिप उत्पादन गर्ने विश्वकै अग्रणी कम्पनीमध्ये एक हो।
यसका चिपहरू भिडियो गेम, क्लाउड सर्भर र विशेषगरी एआई प्रविधिका लागि अत्यन्त महत्त्वपूर्ण छन्।
४० खर्ब अमेरिकी डलरभन्दा बढी बजार मूल्य रहेको एनभिडिया विश्वकै दोस्रो मूल्यवान कम्पनी हो ।
केही दिन अघि उनले एलिस हुआङसँग विवाहेत्तर सम्बन्ध राखेको सार्वजनिक भएको थियो ।
त्यसपछि उनले एनभिडियाका कर्मचारीहरूलाई पठाएको माफीपत्रमा उनले आफूबाट वैवाहिक निष्ठा भङ्ग भएको स्वीकार गरेकोको बताइएको थियो
यो विवाद सार्वजनिक भएपछि एनभिडियाको सेयर मूल्यमा ठूलो गिरावट आएको छ।
प्रतिक्रिया 4