News Summary
Generated by OK AI. Editorially reviewed.- तिहारपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटाएर २ लाख ७१ हजार ७ सय रुपैयाँ तोकेको छ।
- सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
- आज चाँदीको भाउ पनि प्रतितोला १५५ रुपैयाँ घटेर ३ हजार ७ सय रुपैयाँमा झरेको छ।
२७ कत्तिक, काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारपछि एकैपटक शुक्रबार मूल्य समायोजन गरेको हो । यसरी अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन हुँदा तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको हो ।
महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँ तोकेको छ । यसअघि सोमबार २ लाख ८४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ तोलामा १५५ रुपैयाँ घटेको छ । सोमबार प्रतितोला ३ हजार ८५५ रुपैयाँ रहेको चाँदी आज ३ हजार ७ सय रुपैयाँमा झरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4