+
+
Shares

सिँचाइ बाँधमा बेपत्ता भएका चौधरीको शव निकालियो

दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय बेलघारका २३ वर्षीय अनुप चौधरीको शव निकालिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १३:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा डुबेर बेपत्ता भएका २३ वर्षीय अनुप चौधरीको शव निकालिएको छ।
  • सशस्त्र प्रहरीको विशेष टोलीले ३० फिट पानीमुनि माटोमा गाडिएको अवस्थामा शव फेला पारेको सशस्त्र प्रहरी उपरीक्षक यदुकुमार कार्कीले जानकारी दिए।
  • छ जना साथीसँग नुहाउन गएका चौधरी डुबेको खबरपछि सेना, प्रहरी र सशस्त्र प्रहरी बलले खोजी कार्य गरेका थिए।

२७ कात्तिक, घोराही (दाङ)। दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय बेलघारका २३ वर्षीय अनुप चौधरीको शव निकालिएको छ ।

सशस्त्र बल नेपालको शमशेरगञ्ज रहेको प्रदेशस्तरीय विपद् व्यवस्थापन टिमबाट प्रहरी निरीक्षक आशिष रावतको कमाण्डमा खटिएका विशेष टोलीले बाँधको ३० फिट पानी मुनि माटोमा गाडिएको अवस्थामा आज शव फेला पारेको सशस्त्र प्रहरी उपरीक्षक यदुकुमार कार्किले जानकारी दिए।

छ जना साथीसँग नुहाउन गएका चौधरी बाँधमा डुबेको खबर पाउनासाथ खोजी कार्यका लागि सेना, प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?