+
+
Shares

त्रिविका सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने गृहकार्य

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १५:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयका सबै विषयमा सेमेस्टर प्रणाली लागू गर्ने गृहकार्य भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।
  • शिक्षा मन्त्रालय र त्रिवि पदाधिकारीबीच शैक्षिक गुणस्तर, परीक्षा प्रणाली, अनुसन्धान, कोटा निर्धारण र सम्बन्धन वितरणबारे छलफल भएको छ।
  • त्रिविको जग्गा फिर्ता ल्याउने विषयलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने र समग्र लगत तयार गर्नुपर्नेमा मन्त्रालयका सहसचिवले जोड दिए।

२७ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा सबै विषयलाई सेमेस्टर प्रणाली लागू गर्ने गृहकार्य भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले शुक्रबार त्रिविका पदाधिकारीसँग त्रिविको शैक्षिक गुणस्तर बढाउन सबैमा सेमेस्टर प्रणाली लागू गर्ने गृहकार्य भएको छ ।

त्रिविको शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित गर्ने तथा उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेको हो ।

त्रिविका उपकुलपति प्रा.डा भोला थापा, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा, विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा अन्जना सिंह, रजिष्ट्रार डा. रविन्द्र शिवाकोटी, मन्त्रालयका सहसचिव जयराम अधिकारी र श्रीप्रसाद भट्टराई तथा विश्वविद्यालयका डीनहरू सहभागी थिए ।

भएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार त्रिविको संस्थागत ब्रान्ड स्थापित गर्ने, अनुसन्धानमूलक गतिविधिलाई प्रोत्साहन गर्ने, पठनपाठनको प्रभावकारिता बढाउने र शैक्षिक क्षमताका आधारमा विद्यार्थी कोटा निर्धारण गर्ने विषयमा छलफल भएको छ ।

नयाँ शैक्षिक कार्यक्रम सञ्चालन तथा सम्बन्धन वितरणलाई व्यवस्थित र मापदण्डमा आधारित बनाउनुपर्ने, उच्च शिक्षामा लगानी बढाउने र विश्वविद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्नुपर्ने विषय छलफलमा उठेको थियो ।

शिक्षामन्त्रीका सल्लाहकार झाले विद्युतीय हाजिरी (ई–एटेन्डेन्स) प्रणालीले शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने बताए । उनले सम्बन्धन वितरणमा सङ्ख्यात्मक विस्तारभन्दा गुणस्तरलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

सम्बन्धन प्राप्त सबै क्याम्पसमा आवश्यक शैक्षिक पूर्वाधार, पुस्तकालय र प्रयोगशालाको व्यवस्था अनिवार्य हुनुपर्नेमा उनले जोड दिए ।

झाले विश्वविद्यालयको पठनपाठनलाई सेमेस्टर प्रणालीमा लैजानुपर्ने, कलेजहरूलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्नुपर्ने र शैक्षिक सत्रलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

त्रिविको जग्गा फिर्ता ल्याउने विषयलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने उनले बताए । त्रिविका पदाधिकारीले छलफलमा सेमेस्टर प्रणाली कार्यान्वयनका लागि पाठ्यक्रम निर्माण भइरहेको र नीतिगत सुधारसँगै पाठ्यक्रम परिमार्जनको काम अघि बढाइएको जानकारी गराएका थिए ।

त्रिविका उपकुलपति प्राडा भोला थापाले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै त्रिभुवन विश्वविद्यालयलाई उत्कृष्टताको केन्द्र (सेन्टर फर एक्सिलेन्स) का रूपमा विकास गर्न विश्वविद्यालय प्रतिबद्ध रहेको बताए ।

उनले नेपालको उच्च शिक्षा सुधारका लागि मन्त्रालयसँग समन्वय गरी विस्तृत कार्ययोजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्रालयका सहसचिव भट्टराईले त्रिविको जग्गासम्बन्धी विषयमा थप खोजबिन गरी समग्र लगत तयार गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?