+
+
Shares

रुखबाट लडेर एक जनाको मृत्यु

सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ देउराली हुत्तिखिममा चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १७:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभापोखरी गाउँपालिका–२ देउराली हुत्तिखिममा चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लड्दा ६० वर्षीय लेकबहादुर लिम्बूको घटनास्थलमै मृत्यु भएको छ।
  • आफन्तले खबर गरेपछि प्रहरी निरीक्षक सुन्दरकुमार यादव नेतृत्वको टोली घटनास्थल पुगेको थियो।
  • मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ।

२७ कात्तिक, सङ्खुवासभा। सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ देउराली हुत्तिखिममा चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६० वर्षीय लेकबहादुर लिम्बू रहेका छन् । आज दिउँसो चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लड्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक धिरज राईले जानकारी दिए।

घटनाबारे आफन्तले प्रहरीलाई खबर गरेपछि प्रहरी निरीक्षक सुन्दरकुमार यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?