+
+
Shares

मधेश सरकारको निर्णय : भीमफेदी दुर्घटनाका मृतक परिवारलाई एक लाख राहत दिने

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १८:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेश सरकारले भीमफेदी सडक दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारलाई जनही १ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।
  • बैठकले दुर्घटनामा घाइते भएकाहरूको मधेश प्रदेशका प्रादेशिक अस्पतालहरूमा निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय पनि गरेको छ।
  • मन्त्रिपरिषद्ले कात्तिक २८ गतेदेखि प्रदेशसभा बैठक सुचारु गराउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ, र मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने तयारी गरेका छन्।

२७ कात्तिक, काठमाडौं । मधेश प्रदेश सरकारले भीमफेदी सडक दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

असोज ३० गते कृष्णप्रसाद यादव नेतृत्वको मधेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटनामा मृत्यु भएकाहरूको परिवारलाई जनही एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो । एमालेले समर्थन फिर्ता लिएपछि पहिलोपटक मन्त्रिपरिषद्को बैठक बसेको हो ।

त्यस्तै, दुर्घटनामा घाइते भएकाहरूको मधेश प्रदेशका प्रादेशिक अस्पतालहरूमा निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले कात्तिक २८ गतेदेखि मधेश प्रदेशसभाको बैठक सुचारु गराउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री यादव भोलि सदनमा विश्वासको मत लिने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?