+
+
Shares

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १८:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुई युवाको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा म्याग्दी मङ्गला गाउँपालिकाका २१ वर्षीय विवेक दर्जी र रघुगङ्गा गाउँपालिका–३ का २६ वर्षीय मोहन परियार छन्।
  • दिउँसो २:५० बजे भएको दुर्घटनामा घाइते दुवैलाई गण्डकी मेडिकल कलेज लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए।

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै रघुगङ्गा गाउँपालिका–३ का २६ वर्षीय मोहन परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिए।

पोखरा–५ जिरो किलोमिटर नजिक दिउँसो अन्दाजी २:५० बजेको समयमा रोकिराखेको लु३च ५२७४ नम्बरको बोलेरो जिपमा ग२३प १७१६ नम्बरको स्कुटर पछाडिबाट ठोक्किदाँ गम्भीर घाइते दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रमममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

बोलेरो जिपका चालक पोखरा–२८ कालिका बस्ने ४८ वर्षीय अृमत बजगाईँ र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक देवकोटाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?