+
+
Shares
एनपीएल :

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

जनकपुरले लिगको ७ वटै खेल खेलिसक्दा जम्मा २ जितबाट ४ अंक मात्र जोड्न सक्यो । यस्तै एक खेल खेल्न बाँकी कर्णालीको ४ अंक मात्र छ । कर्णालीले अन्तिम खेल जितेपनि शीर्ष चारमा पुग्दैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते २०:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै ८९ रनको लक्ष्य १७।२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।
  • यो जितसँगै चितवन ७ अंकसहित चौथो स्थानमा उक्लियो र प्लेअफ सम्भावना बलियो बनायो।
  • जनकपुर ८८ रनमै समेटिँदा चितवनका रन्जित कुमार र सिकन्दर राजाले समान ३ र २ विकेट लिए।

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ ।

जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै ६ विकेट गुमाएर ९२ रन बनाउँदै पूरा गरेको हो ।

६ खेलमा तेस्रो जित हात पारेको चितवन ७ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ र प्लेअफ सम्भावना बलियो बनेको छ । चितवनले लिगको अन्तिम खेलमा आइतबार कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल अघि शनिबार विराटनगर किंग्स लुम्बिनी लायन्ससँग पराजित भएमा पनि चितवनले प्लेअफमा स्थान पक्का गर्नेछ । विराटनगर विजयी भएमा भने चितवनले अन्तिम खेलमा कर्णालीलाई पराजित गर्नुपर्नेछ ।

चितवनलले जित हात पार्दा पराजित जनकपुरसँगै कर्णाली याक्स पनि प्लेअफ होडबाट बाहिरिएका छन् । जनकपुरले लिगको ७ वटै खेल खेलिसक्दा जम्मा २ जितबाट ४ अंक मात्र जोड्न सक्यो । यस्तै एक खेल खेल्न बाँकी कर्णालीको ४ अंक मात्र छ । कर्णालीले अन्तिम खेल जितेपनि शीर्ष चारमा पुग्दैन ।

चितवनका लागि डाविड मालानले अविजित रहँदै सर्वाधिक ३५ रन बनाए । उनले ३९ बल खेल्दै १ छक्का प्रहार गरे । कुशल मल्लले १५, रवि बोपारले १३ र कमिल मिशाराले १२ रन जोडे ।

सामान्य लक्ष्य पछ्याउने क्रममा चितवनका ओपनर अर्जुन साउद दोस्रो बलमै खाता नखोली आउट भएका थिए । ३७ रनमै ५ विकेट गुमाएको अवस्थामा चितवनक लागि मालान र कुशल मल्लले ३० रनको साझेदारी गरेका थिए ।
बलिङमा जनकपुरका लागि राहुल यादवले ३ विकेट लिए । ललित राजवंशीले २ र विशाल सुशलिङले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गरेको जनकपुरले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर ८८ रन बनाएको थियो ।

चितवनका स्पीनरद्वय रन्जित कुमार र कप्तान सिकन्दर राजाले शानदार बलिङ गरेपछि जनकपुर ८८ रनमै समेटिएको थियो ।

जनकपुरका लागि कप्तान हर्मीत सिंहले संयमित ब्याटिङ गर्दै इनिङ्स सम्हालेका थिए ।

जनकपुरका लागि सातौं नम्बरमा ब्याटिङ गरेका कप्तान हर्मीत सिंहले सर्वाधिक २४ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । हर्मीतले २४ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । यस्तै विशाल सुशलिङले १३ बल खेल्दै समान १ चौका र छक्का मदतमा १५ रन जोडे ।

जनकपुरका ओपनर तृतराज दास दोस्रो ओभरमा ५ रन बनाएर पहिलो विकेटका रुपमा आउट भएपछि जनकपुरले नियमित अन्तरमा विकेट गुमायो र कुनै पनि बेला सम्हालिन सकेन । पाँचौ विकेटका लागि विशाल सुशलिङ र आदित्य महताले गरेको १८ रनको साझेदारी नै जनकपुरको इनिङ्समा सबैभन्दा ठूलो साझेदारी बन्यो ।

ओपनर सन्तोष कार्की १०, रायन बर्ल ६ रनमा आउट भए भने हेरी टेक्टरले खाता खोल्न सकेनन् । आदित्य महताले २५ बल खेल्दा जम्मा ४ रन बनाए । अभिषेक तिवारी पनि ४ रनमा आउट भए । १० बल खेलेका राहुल यादवले अन्तिम बलमा छक्का प्रहार गर्दै अविजित १० रन जोडे । ललित राजवंशी २ रनमा अविजित रहे ।

चितवनका लागि स्पीनरले कूल ७ विकेट लिएका थिए । कमल सिंह ऐरीसँगै नयाँ बलले बलिङ गरेका स्पीनर रन्जित कुमार पहिलो स्पेलमै ३ ओभर बलिङ गर्दै ३ विकेट लिए । उनले ३ ओभरमा १ ओभर मेडन राख्दा जम्मा २ रन मात्र खर्चिए ।

यस्तै कप्तान राजाले पनि शानदार बलिङ गरे । उनले ४ ओभर बलिङ गर्दा २ ओभर मेडन राख्दै जम्मा १० रन खर्चेर २ विकेट लिए ।

शीर्ष र मध्यक्रम रन्जित कुमार र सिकन्दर राजाले ध्वस्त पारेपछि कमिल मिसारले लोअर अर्डरमा विशाल सुशलिङ र जिमी निमको विकेट लिए । उनले २ ओभरमा १८ रन खर्चिएर २ विकेट लिए । यस सिजन खराब लयमा रहेका जिमी निशमले ८ बल खेल्दा खाता समेत खोल्न सकेनन् ।

चितवनका लागि मिडियम पेसरले ७ ओभर बलिङ गर्दा कमल सिंह ऐरी र रिजन ढकालले १(१ विकेट मात्र लिए । कमलले ४ ओभरमा २५ र रिजनले ३ ओभरमा १० रन खर्चिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?