News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको देउवा समूहले मंसिर १५–१६ मा कैलालीको धनगढीस्थित सौराइ स्क्वायरमा सुदूरपश्चिम प्रदेश अधिवेशन गर्ने भएको छ।
- प्रदेश सभापति वीरबहादुर बलायरले सुदूरपश्चिमका नौवटै जिल्लाका वडा, पालिका, प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको विज्ञप्तिमा जनाएका छन्।
- देउवा समूहले मंसिर २१–२३ मा केन्द्रीय महाधिवेशन गर्ने बताउँदै शशांक कोइरालाको संयोजकत्वमा १५औं नियमित महाधिवेशन तयारी समिति गठन गरेको छ।
२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले मंसिर तेस्रो साता सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने भएको छ ।
देउवा समूहले पूर्वसभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा मंसिर १५–१६ मा प्रदेश अधिवेशन गर्ने भएको हो ।
प्रदेश सभापति वीरबहादुर बलायरले शनिबार विज्ञप्ति जारी गरेर कैलालीको धनगढीस्थित सौराइ स्क्वायरमा प्रदेश अधिवेशन आयोजना हुने जनाएका छन् ।
विज्ञप्तिमा सुदूरपश्चिमका नौवटै जिल्लाका सबै वडा, पालिका, प्रद्येशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको पनि उल्लेख छ ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ‘१५औं नियमित महाधिवेशन तयारी समिति’ गठन गरेको देउवा समूहले मंसिर २१–२३ मा केन्द्रीय महाधिवेशन गर्ने बताएको छ ।
प्रतिक्रिया 4