+
+
Shares

नेतन्याहूलाई आइजेनकोटले भने– वार्ताको नाटकले म प्रभावित हुन्न

नेतन्याहूले राष्ट्रिय एकताको कुरा गरिरहेको भए पनि संसद् (नेसेट) मा भइरहेको औपचारिक सरकारी प्रक्रियाको अपमान गरिरहेको आइजेनकोटको आरोप छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २९ गते १४:३७

इजरायलका नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई वार्ताका नाममा राजनीतिक नाटक गरेको आरोप लगाएका छन् ।

एक्समा पोस्ट गर्दै आइजेनकोटले नेतन्याहूले वार्ताका लागि भेट्न गरेको आह्वान अर्को राजनीतिक चालबाजी भएको बताएका छन् ।

उनका अनुसार येश अतिद र लिकुड पार्टीका वार्ता टोलीबीचको बैठक अर्को दिनका लागि यसअघि नै तय भइसकेको थियो ।

नेतन्याहूले राष्ट्रिय एकताको कुरा गरिरहेको भए पनि संसद् (नेसेट) मा भइरहेको औपचारिक सरकारी प्रक्रियाको अपमान गरिरहेको आइजेनकोटको आरोप छ । उनले नेतन्याहूमाथि देशमा विभाजन र उत्तेजना फैलाउने राजनीति गरेको आरोपसमेत लगाएका छन् ।

‘प्रयास राम्रो हो, तर यस्ता चालले न मलाई प्रभावित पार्छन्, न इजरायली नागरिकलाई,’ उनले भनेका छन् ।

आइजेनकोटले नेतन्याहू चुनावमा आफ्नो पराजयबारे जानकार रहेको दाबी गरेका छन् । इजरायली नागरिक र संसद् दुवैमा नेतन्याहूविरुद्ध स्पष्ट बहुमत रहेको पनि उनको भनाइ छ ।

यसअघि नेतन्याहूले आइजेनकोटसँग राष्ट्रिय एकताको सरकार गठन गर्न पुनः आह्वान गरेका थिए ।

एक्समा पोस्ट गर्दै उनले इजरायलसामु रहेका सुरक्षा चुनौतीको सामना गर्न राष्ट्रिय एकताको सरकार आवश्यक रहेको बताएका थिए । उनका अनुसार इजरायलका लागि सबैभन्दा ठूलो सुरक्षा खतरा इरान हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?