२९ कात्तिक, काठमाडौं । विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन तीन प्रहरी अधिकारी दुबई (यूएई) प्रस्थान गरेका छन् ।
१६ देखि १८ नोभेम्बर (सोमबारदेखि बुधरबार)सम्म हुने सम्मेलनमा सहभागी हुन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ऋषिराम कँडेलसहित तीन प्रहरी दुबई प्रस्थान गरेका हुन् ।
नेपाल प्रहरीका सहप्रवक्ता तथा एसएसपी दीपशमशेर जबराले एसएसपी कँडेलसहित तीन प्रहरी आज आइतबार दुबई प्रस्थान गरेको जानकारी दिए । ‘एसएसपीको नेतृत्वमा तीन सदस्यीय टोली सम्मेलनमा सहभागी हुन दुबई प्रस्थान गरेको छ’ सहप्रवक्ता जबराले अनलाइखबरसँग भने ।
एसएसपी कँडेलको साथमा एक डीएसपी र एक इन्स्पेक्टर पनि सहभागी छन् । यसअघि उक्त सम्मेलनमा सहभागी हुन भन्दै शुक्रबार नै गृहमन्त्री सुदन गुरुङ दुबई प्रस्थान गरेका थिए ।
यसअघि गृहमन्त्रीको साथमा कोही प्रहरी अधिकारी गएका थिएनन् । अहिले भने तीन प्रहरी अधिकारीलाई पनि सम्मेलनमा सहभागी हुन दुबई पठाइएको छ ।
प्रतिक्रिया 4