+
+
Shares

‘फ्रेन्च किस’ को टिजर सार्वजनिक, प्रदर्शन मिति तोकियो

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २९ गते १५:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘फ्रेन्च किस’ले टिजर सार्वजनिक गर्दै माघ १ गतेबाट प्रदर्शनमा आउने घोषणा गरेको छ ।
  • टिजरमा अर्पण थापा र थिन्ले ल्हामोको जोडीको आधुनिक प्रेमकथा देखाइएको छ ।

काठमाडौं । फिल्म ‘फ्रेन्च किस’ ले टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । आज ओएसआर डिजिटलमार्फत टिजर सार्वजनिक गरिएको हो ।

‘फ्रेन्च किस’ माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

सार्वजनिक टिजरमा एक युगल जोडी छ । जो काठमाडौंका सुन्दर ठाउँदेखि तालसम्म हात समाएर घुम्छ । प्रेमका बारे आआफ्ना धारणा राख्छ । प्रेम आधुनिक समयमा मिथमा परिणत भइसकेको बताउँछ ।

केटा र केटी नै एकअर्काप्रति आकर्षित छन् । एकान्तमा बसेर किस गर्छन् । र, होटेलमा पसेर जवानी साट्छन् । त्यसपछि केही ठूलठूलो स्वरमा बोलेको सुनिन्छ, यसले उनीहरूको सम्बन्धमा चिसोपना आएको अनुमान लगाउन सकिन्छ ।

यसले आधुनिक प्रेममा देखिने गरेको क्षणिकता र आकर्षणलाई संकेत गरेको छ । टिजरमा अर्पण थापा र थिन्ले ल्हामो मात्रै छन् । उनीहरुको रोमान्सको वरिपरि टिजर घुमेको छ ।

अर्पण थापाले निर्देशन गरेको फिल्ममा अर्पण र थिन्ले ल्हामोसँगै रेखा थापा, गौरी मल्ल, आयशा तामाङलगायत कलाकारको अभिनय छ ।

‘फ्रेन्च किस’ मार्फत नयाँ पुस्ताको प्रेमकथामा फरक ढंगले प्रस्तुत हुने निर्देशक थापाले यसअघि नै बताइसकेका छन् । फिल्मको कथा पनि निर्देशक स्वयंको छ ।

निर्माण टिमले ‘फ्रेन्च किस’ लाई नयाँ पुस्ताको स्वाद अनुसारको फिल्मभनेको छ । दर्शकले आधुनिक प्रेमकथाको अनुभूत यो फिल्ममार्फत गर्न पाउने निर्देशक अर्पणले बताएका छन् ।

ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्मलाई अभिनेता समेत रहेका अर्पण थापाले निर्देशन गरेका छन् । फिल्मको कार्यकारी निर्मातामा सौगात बस्नेत र सह–निर्मातामा सुभाष बी. शाही छन् । फिल्मलाई सिनेमेटोग्राफर सुदीप बरालले खिचेका छन् ।

संगीत चर्चित गायक तथा संगीतकार दीपक बज्राचार्यको रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?