News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरा एभेन्जर्सका कुशल भुर्तेल ५१ बलमा ८ चौका र ८ छक्का प्रहार गर्दै ९९ रनमा आउट भएर एनपीएलमा शतक बनाउने पहिलो नेपाली खेलाडी बन्ने अवसरबाट चुकेका छन्।
२९ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सका कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल)मा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बन्ने अवसर गुमाएका छन् ।
टीयू मैदानमा भइरहेको खेलमा उनी काठमान्डु गोर्खाजविरुद्ध ९९ रनमा आउट भए । उनले ५१ बल खेल्दै ८ चौका र ८ छक्का प्रहार गरे ।
यस संस्करणमा भुर्तेलको यो दोस्रो अर्धशतक हो । यसअघि उनले कर्णाद्यी याक्स विरुद्ध ६२ रन बनाएका थिए ।
एनपीएलमा नेपाली खेलाडीले बनाएको उच्च स्कोर भने भुर्तेलककै नामम रह्यो । यसअघि लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले पोखरा विरुद्ध नै ९५ रन बनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4