+

टी-२०आईमा कुशल भुर्तेलको लगातार दोस्रो शतक

२०८३ जेठ  २१ गते १३:३६ २०८३ जेठ २१ गते १३:३६
टी-२०आईमा कुशल भुर्तेलको लगातार दोस्रो शतक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले टी-२०आई खेलमा लगातार दोस्रो शतक प्रहार गरेका छन् ।
  • उनले मलेसियाविरुद्धको एसियन गेम्स छनोट खेलमा ४४ बल खेल्दै आफ्नो खेलजीवनको तेस्रो शतक पूरा गरे ।
  • भुर्तेल टी-२०आईमा लगातार दुई शतक बनाउने पहिलो नेपाली र विश्वकै १०औं खेलाडी बनेका छन् ।

२१ जेठ, काठमाडौं । नेपाली क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले टी-२०आईमा लगातार दोस्रो शतक प्रहार गरेका छन् ।

बिहीबार भइरहेको एसियन गेम्स छनोटअन्तर्गत मलेसियासँगको खेलमा भुर्तेलले ४४ बलमा शतक प्रहार गरेका हुन् । उनको करियरको यो तेस्रो शतक हो ।

भुर्तेलले यसअघि चीनसँगको खेलमा शतक प्रहार गरेका थिए । उक्त खेलमा ३५ बलमा शतक प्रहार गरेका भुर्तेल ४३ बलमा १२९ रन बनाएर आउट भएका थिए ।

भुर्तेल लगातार दुई टी-२०आई शतक बनाउने पहिलो नेपाली खेलाडी हुन् । यस्तै समग्रमा विश्वको १०औं खेलाडी हुन् ।

भुर्तेल ५४ बलमा १२६ रन बनाएर आउट भएका छन् । उनले १४ चौका र ८ छक्का प्रहार गरे ।

भुर्तेलले सन् २०२२ मा फिलिपिन्स विरुद्ध करियरको पहिलो शतक प्रहार गरेका थिए ।

कुशल भुर्तेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय