+
एसियन गेम्स छनोट :

भुर्तेलको शतकमा मलेसिया विरुद्ध नेपालको विशाल योगफल

२०८३ जेठ  २१ गते १३:५६ २०८३ जेठ २१ गते १३:५६
भुर्तेलको शतकमा मलेसिया विरुद्ध नेपालको विशाल योगफल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसियन गेम्स छनोट अन्तर्गत मलेसिया विरुद्धको खेलमा नेपालले ७ विकेट गुमाएर २७५ रनको विशाल योगफल खडा गरेको छ ।
  • ओपनर कुशल भुर्तेलले ५४ बलमा १२६ रन बनाउँदै लगातार दुई टी-२०आई शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाए ।
  • मलेसिया विरुद्धको खेलमा अर्का ओपनर आसिफ शेखले २४ बलमा ६८ रन र कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा ३१ रन बनाए ।

२१ जेठ, काठमाडौं । ओपनिङ ब्याटर कुशल भुर्तेलको कीर्तिमानी शतक मद्दतमा नेपालले एसियन गेम्स छनोट अन्तर्गत मलेसिया विरुद्धको खेलमा विशाल योगफल खडा गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २७५ रन बनाएको हो । भुर्तेलले ५४ बलमा १४ चौका र ८ छक्कासहित १२६ रन बनाए । अर्का ओपनर आसिफ शेखले २४ बलमा ६८ रन बनाए ।

टी-२०आईमा भुर्तेलले लगातार दोस्रो तथा करियरको तेस्रो शतक प्रहार गरेका हुन् । भुर्तेलले यही प्रतियोगिताको पहिलो खेलमा चीनविरुद्ध ३५ बलमा शतक प्रहार गरेर ४३ बलमा १२९ रन बनाएर आउट भएका थिए ।

मलेसियासँग उनले ४४ बलमा शतक प्रहार गरे । भुर्तेल लगातार दुई टी-२०आई शतक बनाउने पहिलो नेपाली खेलाडी हुन् । यस्तै समग्रमा विश्वको १०औं खेलाडी हुन् । कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा ३१ रन बनाए ।

मलेसियाका लागि विरानदीप सिंहले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए । विजय उन्नी र सायद अजिजले २-२ विकेट लिए ।

एसियन गेम्स क्रिकेट छनोट एसियन गेम्स छनोट नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय