News Summary
Generated by OK AI. Editorially reviewed.- सप्तरीको सुरूङ्गा नगरपालिका–४ मा जङ्गली हात्तीको आक्रमणबाट ७० वर्षीय गोपी चौधरीको मृत्यु भएको छ।
- बाख्रा खोज्न गोठतर्फ गइरहेका चौधरीलाई हात्तीले लखेटेर आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
- हात्तीको आक्रमणबाट घाइते चौधरीको प्रादेशिक अस्पताल लाहानमा उपचारको क्रममा मृत्यु भएको हो।
३० कात्तिक, सप्तरी । जङ्गली हात्तीको आक्रमणबाट ७० वर्षीय गोपी चौधरीको मृत्युु भएको छ ।
सप्तरीको सुरूङ्गा नगरपालिका–४ का चौधरी बाख्रा खोज्न गोठतर्फ गइरहेको बेला हात्तीले आक्रमण गरेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता हेमराज घिमिरेले जानकारी दिए ।
उनले हात्तीको आक्रमणबाट घाइते भएका चौधरीको प्रादेशिक अस्पताल लाहानमा उपचारको क्रममा मृत्युु भएको जानकारी दिए ।
चौधरी जङ्गल नजिक पुगेपछि हात्ती कराएपछि हात्ती जस्तै आवाज निकालेर कराएको चौधरीलाई हात्तीले लखेटेर आक्रमण गरेको स्थानीयको भनाइ छ ।
हात्तीको आक्रमणबाट चौधरीको मृत्युु भएपछि स्थानीयवासी त्रसित छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4