१ मंसिर, काठमाडौं । प्रतिकूल परिस्थितिका बाबजुद पनि निरन्तर व्यवसाय सञ्चालन गर्दै राजस्वमा महत्त्वपूर्ण योगदान पुर्याएको र रोजगारी सिर्जना गरेको भन्दै सरकारले भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ।
राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भाटभटेनीसहित उत्कृष्ट करदाताहरूलाई सम्मान गरेका हुन् ।
व्यवसाय सञ्चालनमा विभिन्न चुनौती आए पनि निरन्तर सेवा प्रवाह, राजस्वमा योगदान तथा रोजगारी सिर्जनामा पुर्याएको भूमिकाको कदर गर्दै भाटभटेनीलाई सरकारले विशेष सम्मान गरेको हो।
प्रतिक्रिया 4