+
+
Shares

अष्ट्रेलियामा नेपालीको ५० वर्ष : सिड्नीमा विशेष कार्यक्रम हुँदै

राजन घिमिरे राजन घिमिरे
२०८३ मंसिर १ गते १५:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अष्ट्रेलियामा नेपालीले पाइला टेकेको ५० वर्ष पुगेको अवसरमा नेप्लिज अष्ट्रेलियन एशोसियनले नोभेम्बर २७ र २८ मा सिड्नीको हर्षभिलस्थित मराना हलमा विशेष कार्यक्रम गर्ने भएको छ।

सिड्नी । पचास वर्षअघि अष्ट्रेलियाको भूमिमा पाइला टेक्ने नेपालीहरूको संख्या थोरै थियो । भाषा, संस्कृति, भूगोल र जीवनशैली सबै नयाँ थिए । सीमित स्रोतसाधन, अपरिचित समाज र अनेकौँ चुनौतीका बीच उनीहरूले यहाँ आफ्नो भविष्य खोज्न थाले।

त्यो समय आजजस्तो नेपाली समुदाय थिएन । न नेपाली पसलहरूको बाक्लो उपस्थिति थियो, न सामुदायिक संस्था, न नेपाली भाषा र संस्कृतिको सहज वातावरण।

समयसँगै विद्यार्थी, दक्ष जनशक्ति, व्यवसायी, परिवार र नयाँ पुस्ताको आगमन बढ्दै गयो । नेपालीहरू शिक्षा, स्वास्थ्य, व्यापार, राजनीति, कला, साहित्य, विज्ञान र सामाजिक सेवाका क्षेत्रमा अघि बढे। नेपाली मन्दिर, सामुदायिक संस्था, सांस्कृतिक कार्यक्रम, सञ्चारमाध्यम र नेपाली व्यवसायहरूले अष्ट्रेलियामा नेपाली उपस्थितिलाई थप सशक्त बनाए।

सुरुका नेपालीहरूको साहस, त्यसपछिका पुस्ताको संघर्ष, विद्यार्थीहरूको मेहनत, परिवारहरूको त्याग, व्यवसायीहरूको उद्यमशीलता र सामुदायिक अभियन्ताहरूको योगदान जोडिएको छ।

आज अष्ट्रेलियाका सिड्नी, मेलबर्न, ब्रिस्बेन, पर्थ, एडिलेड, क्यानबेरा, होबार्टलगायतका सहरमा नेपालीहरूको बाक्लो उपस्थिति देखिन्छ । नेपाली भाषा बोलिन्छ, नेपाली गीत गाइन्छन्, दसैँ–तिहार मनाइन्छ, नेपालीले मन्दिर र गुम्बाहरू बनाएका छन् । नेपाली विद्यालयहरू सञ्चालन भइरहेका छन् र नेपाली समुदायले अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा आफ्नो छुट्टै पहिचान बनाएको छ।

आज अष्ट्रेलियाको नेपाली समुदाय आफ्नै पहिचान, इतिहास, भाषा, संस्कृति र योगदान बोकेको एउटा समुदाय बनेको छ।

यसरी अष्ट्रेलियामा नेपालीले पाइला टेकेको ५० वर्ष पुगेको अबसरमा एक बिशेष कार्यक्रमको आयोजना हुने भएको छ । नोभेम्बर २७ र २८ का दिन सिड्नीको हर्षभिलमा रहेको मराना हलमा नेप्लिज अष्ट्रेलियन एशोसियनको आयोजनामा कार्यक्रम हुन लागेको हो । यो संस्था सन १९७६ मा स्थापना भएको थियो ।

यस कार्यक्रममा सहभागी हुन नेपालबाट बरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, डा. भगवान कोइराला, हांस्य कलाकार मनोज गुजरेल र गायिका शान्तिश्री परियार अष्ट्रेलिया आउने कार्यक्रम छ ।

लेखक
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?