News Summary
Generated by OK AI. Editorially reviewed.- विनाशकारी बाढीपहिरोका बीच भन्सार विभागले साउनदेखि कात्तिकसम्मको लक्ष्य १ खर्ब ८८ अर्ब ४२ करोडमध्ये १ खर्ब ८९ अर्ब ६१ करोड राजस्व संकलन गरेको छ ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिकूल परिस्थितिबीच सरकार भन्सार राजस्व लक्ष्य भेट्न सफल भएको र सुधार प्रयासको नतिजा देखिन थालेको बताए ।
- आन्तरिक राजस्व विभागले कात्तिकसम्म १ खर्ब ७३ अर्ब ८९ करोड संकलन गरी लक्ष्यको ८७.८ प्रतिशत पूरा गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
१ मंसिर, काठमाडौं । १० भदौ र त्यसयताका विनाशकारी बाढीपहिरोले वैदेशिक व्यापार प्रभावित बनाए पनि भन्सार राजस्व संकलनमा सरकार लक्ष्य भेट्न सफल भएको छ ।
अर्थ मन्त्रालयले भन्सार विभागलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार भन्सार विभागले कात्तिकसम्म राखेको लक्ष्य भेट्न सफल भएको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ प्रथम चौमासिक (साउन–कात्तिक) सम्म भन्सार विभागले १ खर्ब ८८ अर्ब ४२ करोड राजस्व संकलन लक्ष्य राखेको थियो । संकलन १ खर्ब ८९ अर्ब ६१ करोड बराबर भएको छ । जुन लक्ष्यको १००.६ प्रतिशत बराबर हो ।
भन्सार विभागले यस वर्ष ६ खर्ब २८ अर्ब ७ करोड बराबर राजस्व संकलन लक्ष्य राखेको छ । कात्तिकसम्म संकलन भएको राजस्व कुल लक्ष्यको ३०.२ प्रतिशत बराबर हुन्छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिकूल परिस्थितिबीच सरकारले भन्सार राजस्व भेट्न सफल भएको जानकारी दिए । सरकारले लिएका सुधार प्रयासका नतिजा तथ्यांकमा देखिन थालेको समेत उनले बताए । भन्सार राजस्व गत आव सोही अवधिको तुलनामा १९.४ प्रतिशतले बढेको छ ।
यता, आन्तरिक राजस्व विभागले भने लक्ष्यको ८७.८ प्रतिशत बराबर राजस्व संकलन गरेको छ । जुन गत आव सोही अवधिको तुलनामा १४ प्रतिशत बढी हो । यस वर्ष कात्तिकसम्म १ खर्ब ९७ अर्ब आन्तरिक राजस्व संकलन लक्ष्य राखिएको थियो । संकलन १ खर्ब ७३ अर्ब ८९ करोड बराबर भएको छ ।
गैरकर राजस्व भने लक्ष्यको ६१.४ प्रतिशत बराबर संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ । यस वर्ष सरकारले १५ खर्ब ८० अर्ब ३२ करोड बराबर राजस्व संकलन लक्ष्य राखेको छ ।
यसमध्ये कात्तिकसम्म ४ खर्ब २२ अर्ब ८१ करोड संकलन लक्ष्य राखिएको थियो । संकलन भने ३ खर्ब ८५ अर्ब ८५ करोड बराबर भएको छ । जुन कुल लक्ष्यको ९१.२५ प्रतिशत बराबर हो ।
प्रतिक्रिया 4