+
+
Shares

एनपीएलमा अनलाइन सट्टेबाजी खेलाउने भारतीय नागरिक पक्राउ

प्रारम्भिक अनुसन्धानअनुसार उनले सट्टेबाजीमार्फत ८ लाख ७५ हजार ४० रुपैयाँ बराबरको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते १९:५०

१ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको राजस्थान राज्यस्थित श्रीगंगानगरका ३५ वर्षीय रोहित पथरिया रहेका छन् । उनी हाल काठमाडौं महानगरपालिका–१७, ठमेलमा बस्दै आएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपीएलको तेस्रो संस्करणका खेलमा अनलाइनमार्फत सट्टेबाजी भइरहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।

प्रहरीले पथरियाको साथबाट दुई थान मोबाइल बरामद गरी जाँच गर्दा उनले अनलाइन बेटिङ साइटमा लगइन गरी एनपीएलका विभिन्न क्रिकेट खेलमा पटक–पटक सट्टेबाजी गरेको खुलेको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार उनले सट्टेबाजीमार्फत ८ लाख ७५ हजार ४० रुपैयाँ बराबरको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पथरियालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?