+
+
Shares

सिरहाबाट ४२ लाखभन्दा बढीको अवैध सामान बरामद

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते ८:४७

२ मंसिर, सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट ४२ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका अनुसार मंसिर १ गते जिल्लाका विभिन्न सीमा क्षेत्रबाट अवैध रूपमा ओसारपसार भइरहेका सामान बरामद गरिएको हो।

सशस्त्र प्रहरीले जिल्लाका विभिन्न सीमा नाकामा दिनरात गस्ती परिचालन गरेपछि भारतबाट नेपाल र नेपालबाट भारततर्फ अवैध रूपमा सामान ओसारपसार गर्ने गतिविधि नियन्त्रणमा पर्न थालेका छन्। गस्तीका क्रममा प्रहरीले दैनिक लाखौँ रुपैयाँ मूल्यका सामान बरामद गर्दै आएको छ।

सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ लैजाँदै गरेका तथा भारतबाट नेपालतर्फ ल्याउँदै गरेका लत्ताकपडा, मोटरसाइकल, किराना सामान, सुर्ती, कस्मेटिक सामग्री, खेलौना, हार्डवेयरका सामान, पेय पदार्थ, मदिरा, चस्मा, मोटरपार्ट्स, जुत्ता, प्लास्टिकका कुर्सी, कार्पेट, सवारीसाधनका पार्टपुर्जा, स्याउ र औषधिलगायतका सामान बरामद गरेको जनाएको छ।

बरामद सामानको कुल मूल्य ४२ लाख ५३ हजार ५९३ रुपैयाँ रहेको छ। बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सिरहा भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका गणपति एसपी सुमन जंग थापाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?