+
+
Shares

देउवा समूहद्वारा जनसम्पर्क समिति क्यानडाको संयोजकमा कार्की मनोनीत

नेपाली कांग्रेसको देउवा समूहले नेपाली जनसम्पर्क समिति क्यानडाको संयोजकमा टोष्टराज कार्की (वसन्त) लाई मनोनयन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते ११:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • देउवा समूहको १५औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले टोष्टराज कार्की (वसन्त) लाई नेपाली जनसम्पर्क समिति क्यानडाको संयोजक मनोनीत गरेका छन्।
  • कार्कीलाई १७ कात्तिकको लिखित अनुरोधका आधारमा जिम्मेवारी दिइएको पत्रमा १२ कात्तिकमा तोकिएका वीरेन्द्र राउतलाई हटाइएको उल्लेख छ।
  • २६ कात्तिकको पत्रमा पार्टीका स्थापित मूल्य, मान्यता र आदर्शलाई आत्मसात् गर्दै संगठनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले नेपाली जनसम्पर्क समिति क्यानडाको संयोजकमा टोष्टराज कार्की (वसन्त) लाई मनोनयन गरेको छ ।

देउवा समूहको ‘१५औं केन्द्रीय महाधिवेशन तयारी समिति’का संयोजक डा. शशांक कोइरालाले कार्कीलाई संयोजकमा मनोनीत गरेका हुन् ।

यसअघि १२ कात्तिकमा संयोजक तोकिएका वीरेन्द्र राउतलाई हटाउँदै समितिका नेता–कार्यकर्ताहरूले १७ कात्तिकमा गरेको लिखित अनुरोधका आधारमा कार्कीलाई नयाँ संयोजकको जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ ।

देउवा समूहको महाधिवेशन तयारी समितिका संयोजक कोइरालाद्वारा २६ कात्तिकमा दिइएको पत्रमा पार्टीका स्थापित मूल्य, मान्यता र आदर्शलाई आत्मसात् गर्दै संगठनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?