+

कमिल मिशाराले बनाए शतक

२०८३ मंसिर  २ गते १८:३१ २०८३ मंसिर २ गते १८:३१

चितवन राइनोजका ओपनर कमिल मिशाराले नेपाल प्रिमियर लिग एनपीएलको एलिमिनेटर खेलमा काठमान्डु गोर्खाज विरुद्ध शतक प्रहार गरेका छन् ।

काठमाडौं । चितवन राइनोजका ओपनर कमिल मिशाराले नेपाल प्रिमियर लिग एनपीएलको एलिमिनेटर खेलमा काठमान्डु गोर्खाजविरुद्ध शतक प्रहार गरेका छन् ।

टीयू मैदानमा भइरहेको खेलमा उनले ५३ बल खेल्दै ४ चौका र ८ छक्का मद्दतमा १०० रन पूरा गरेका हुन् ।

यस एनपीएलमा पहिलो शतक प्रहार गरेका उनले आफ्नो टी२० करियरमा तेस्रो शतक प्रहार गरेका हुन् । उनले श्रीलंकाको डोमेस्टिक टी२० क्रिकेटमा पनि दुई शतक प्रहार गरेका छन् । टी२० अन्तर्राष्ट्रियमा भने उनको उच्च स्कोर ७६ हो ।

एनपीएलको तेस्रो संस्करणमा शतक बनाउने उनी दोस्रो खेलाडी हुन् । यसअघि पोखरा एभेन्जर्सका युवराज सम्राले कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका थिए ।

एनपीएलमा यो पाँचौ शतक हो । यसअघि पहिलो सिजनमा एक र दोस्रो सिजनमा दुई शतक प्रहार भएका थिए ।

एनपीएल कमिल मिशारा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय