६ मंसिर, काठमाडौं । काठमाडौंको दरबारमार्गमा नेपाल-जापान महोत्सव-२०२६ जारी छ। नेपाल-जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा महोत्सव आयोजना गरिएको हो।
नेपाल–जापान महोत्सव आयोजक समितिको आयोजना तथा नेपालस्थित जापानी राजदूतावास र काठमाडौं महानगरपालिकाको सहआयोजनामा महोत्सव भएको हो।
महोत्सवको मुख्य आकर्षण जापानको चर्चित सांगीतिक समूह गोडाइगोको विशेष प्रस्तुति रहेको छ । सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र जापानबीच शिक्षा, संस्कृति, पर्यटन तथा व्यापारका क्षेत्रमा निरन्तर सहकार्य जारी छ।
महोत्सवमा नेपाली तथा जापानी कला, संस्कृति र संगीतको संगमसँगै विभिन्न सांस्कृतिक प्रस्तुतिहरू मुख्य आकर्षण छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4