७ मंसिर, काठमाडौं । तनहुँको भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी चार दिनदेखि प्रहरी हिरासतमा रहेको खुलेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मेयर त्रिपाठीसहित २४ जनालाई ३ मंसिरमा पक्राउ गरेको थियो । मैंपीस्थित एक घरमा जुवा खेल्दै गरेको अवस्थामा उनीसहित २४ जनालाई ९ लाख ६० हजार ५ सय नगदसहित प्रहरीले पक्राउ गरेको थियो ।
त्यस्तै ४६० अमेरिकी डलर, ५ सय भारतीय रुपैयाँ १६ थान कौडा पनि बरामद भएका थिए । उनीहरु सबैलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
मेयर त्रिपाठी नेपाली कांग्रेसबाट विजयी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4