७ मंसिर, काठमाडौं । एनभिडियाको सञ्चालक समितिले सोमबार जेन्सन हुआङलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुनर्बहाली गरेको घोषणा गरेको छ ।
कम्पनीका अध्यक्ष हार्भी सी जोन्सले एक विज्ञप्ति जारी गर्दै आफ्नो कम्पनीलाई उनीमाथि पूर्ण विश्वास रहेको बताउँदै सीईओमा पुनर्बहाली गर्ने निर्णय भएको जानकारी गराएका हुन् ।
‘हामीलाई जेन्सनमाथि पूर्ण विश्वास छ र उहाँले कम्पनीको नेतृत्व पुन: सम्हालेसँगै सहकार्य गर्न हामी उत्सुक छौं,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विवाहेत्तर सम्बन्ध रहेको भन्दै समाचारहरू प्रकाशित भएपछि विवादमा परेका उनले गत नोभेम्बर १२ मा एनभिडियाबाट राजीनामा दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4