८ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका सञ्चालक समितिका सदस्यहरूलाई व्यक्तिगत रूपमा मनाएर जेन्सन हुआङलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुन: फर्काएको दाबी गरेका छन् ।
हुआङको पुनरागमनले अमेरिकी राष्ट्रिय सुरक्षामा कुनै खतरा नहुने विश्वास आफूले बोर्ड सदस्यहरूलाई दिलाएको ट्रम्पको भनाइ छ ।
एनभिडियाले हुआङलाई पुन: सीईओ नियुक्त गरेको घोषणा गरेलगत्तै सीएनबीसीसँग फोन अन्तर्वार्तामा ट्रम्पले आफ्नो पहलमा जेन्सन कम्पनीको नेतृत्वमा पुन: फर्किएको दाबी गरेका हुन् ।
एनभिडियाको सञ्चालक समितिसँग सम्पर्क गरेको हो कि होइन भन्ने प्रश्नमा ट्रम्पले भने, ‘मैले उनीहरूसँग कुरा गरेँ र मनाएँ ।’
यसअघि सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले एनभिडियाको सञ्चालक समितिले हुआङलाई सीईओ पदमा पुन: ल्याउने निर्णय सही भएको बताएका थिए । उनले हुआङलाई ‘राष्ट्रिय सम्पत्ति’ समेत भनेका थिए ।
एनभिडिया कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीमा प्रयोग हुने सेमिकन्डक्टर चिप उत्पादन गर्ने विश्वकै प्रमुख कम्पनीमध्ये एक हो ।
हुआङले करिब दुई साताअघि एनभिडियाको सीईओ पद छाडेका थिए । उनीसँग जोडिएका विवाह बाहिरका सम्बन्धसम्बन्धी रिपोर्ट सार्वजनिक भएपछि पदत्याग गरेको विवरणहरू आएका थिए । ती रिपोर्टमा सिंगापुरको एक कम्पनीकी पूर्वकार्यकारीसँगको सम्बन्ध पनि उल्लेख थियो । ती महिलाको चीनसँग सम्बन्ध रहेको अमेरिकी गुप्तचर निकायहरूले आशंका गरेको बताइएको थियो ।
यसैबीच, ट्रम्पले केही दिनअघि चीनको शेनझेनमा आयोजित एपेक शिखर सम्मेलनका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँग आफूले जेन्सनलाई दोस्रो अवसर दिनुपर्ने भनाइ राखेको ट्रम्पले बताएका छन् ।
हुआङबाट विगतमा केही गलत निर्णय भएको ट्रम्पले स्वीकार गरेका छन् । यद्यपि, उनले एनभिडियालाई अमेरिकी निर्यात नियन्त्रणसम्बन्धी नियम पालना गरेको सुनिश्चित गर्न आन्तरिक जाँच जारी राख्न आग्रह गरेका छन् ।
प्रतिक्रिया 4