+
+
Shares

गल्छीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते १२:३९

८ मंसिर, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट गजुरी तर्फ जाँदै गरेको बा.४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा.९८ प ३१३६ नम्बरको मोटरसाइकललाई गल्छी गाउँपालिका-७ गल्छीबजारमा आज बिहान ११ बजे ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट ढडेलधुराको अजयमेरु गाउँपालिका-४ का मोटरसाइकल चालक २८ वर्षीय बरुणप्रसाद भट्ट गम्भीर घाइते भएका थिए ।

तत्काल उद्धार गरी उनलाई उपचारका लागि बैरेनी अस्पताल पठाइएको थियो । उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको धादिङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार टिपर चालक मकवानपुरको भिमफेदी गाउँपालिका-२ का ३३ वर्षीय गोविन्द घलानलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सवारी दुर्घटनाको वषयलाई लिएर स्थानीहरूले अहिले पृथ्वी राजमार्ग अवरुद्ध गरेका छन् । अवरुद्ध सडक खुलाउने विषयमा पहल भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?