+
+
Shares

सिन्दुरे जात्रामा मैले नबोलेरै विद्रोह गरेकी छु : अञ्जना बराइली

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते १३:२४

काठमाडौं । विजय बराल र अञ्जना बराइलीको मुख्य भूमिका रहेको फिल्म ‘सिन्दुरे जात्रा’ मंसिर १८ गतेबाट प्रदर्शन हुँदैछ । अभिनेत्री अञ्जनाले फिल्म ‘सिन्दुरे जात्रा’ कथानक र प्राविधिक रूपमा बलियो सिनेमा भएको बताएकी छिन् ।

नाम सुन्दै आफूलाई सिनेमाले आकर्षण गरेको र कथा पढेपछि यो सिनेमामा समय मिले म पनि जोडिन्छु भनेर अनुबन्ध भएको उनले सुनाइन् ।

कलाकार, निर्देशक र केही प्राविधिक ‘पूर्ण बहादुरको सारङ्गी’ कै रहेपनि यो फिल्मको कथा ‘पूर्ण बहादुरको सारङ्गी’ को सिक्वेल जस्तो नभई पूरै फरक रहेको अञ्जनाको दाबी छ ।

उनका अनुसार ‘सिन्दुरे जात्रा’ महिलाकथा प्रधान सिनेमा हो । महिलालाई आजसम्म आइपुग्दा नेपाली समाजले कसरी हेर्छ भन्ने कथा सिनेमामा रहेको उनले प्रस्ट पारिन् ।

तर, सरोज पौडेलको निर्देशन रहेको सिनेमा न्यायाधीश बन्ने प्रयास वा वकालत गर्दै पक्ष/विपक्षमा नदेखिने उनले बताएकी छिन् । ‘हामीले यो पटक प्रश्न उठाउने प्रयास गरेका छौँ’ अञ्जना भन्छिन्, ‘महिलाप्रति समाजको धारणा सही छ कि छैन भनेर प्रश्न समाजलाई नै छोडेका छौँ ।’

आफूले सिनेमामा मौन विद्रोह गरेको अञ्जनाले बताइन् । तर, कस्तो विद्रोह हो भन्ने कुरा भने खुलाइनन् ।

फिल्ममा अञ्जनासँगै विजय बराल, विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?