+
१०औं राष्ट्रिय खेलकुद :

पुरुष फुटबलमा पुलिसको विजयी सुरुवात

२०८३ मंसिर  ८ गते १७:०५ २०८३ मंसिर ८ गते १७:०५

८ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।

सुर्खेत रंगशालमा मंगलबार भएको समूह ए को पहिलो खेलमा पुलिसले घरेलु टोली कर्णाली प्रदेशाई २-० ले पराजित गरेको हो । पुलिसका लागि धिरेन्दर शाहले ३६औं मिनेटमा गोल गर्दे अग्रता दिलाएका थिए । सुजन मगरले ४६औं मिनेटमा अर्को गोल गरे ।

पहिलो जितपछि पुलिसले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । पुलिसले अब समूह ए को दोस्रो खेल मंसिर १२ गते गण्डकी प्रदेशसँग खेल्नेछ । त्यसअघि कर्णाली र गण्डकीबीच मंसिर १० गते खेल हुनेछ ।

पुरुष फुटबलमा सहभागी १० टोलीलाई तीन समूहमा विधाजन गरिएको छ । समूह ए र बी मा समान ३ तथा समूह सी मा ४ टोली छन् ।

समूह ए र बी को समूह विजेता तथा समूह सी बाट समूह विजेता र समूह उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् ।

१०औँ राष्ट्रिय खेलकुद पुरुष फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय