+
+
Shares

हिंसा पीडितले न्यायका लागि वर्षौं कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : मन्त्री वादी

‘पीडितले न्याय खोज्दा विभिन्न कार्यालय धाउनुपर्ने, पटकपटक आफ्नो पीडा सुनाउनुपर्ने र न्यायका लागि वर्षौं कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ,’ उनले भनिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते २०:५२

८ मंसिर, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले लैङ्गिक हिंसा अन्त्यका लागि पीडितले वास्तविक रूपमा सुरक्षा, न्याय र सम्मान प्राप्त गर्ने अवस्था सुनिश्चित गर्नुपर्ने बताएकी छन् ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पूर्वसन्ध्यामा राष्ट्रिय महिला आयोगद्वारा मंगलबार आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

मन्त्री बादीले हिंसा व्यक्तिगत वा पारिवारिक समस्या मात्र नभई मानवअधिकार, सामाजिक न्याय, समानता र संविधानप्रदत्त सम्मानपूर्वक बाँच्न पाउने अधिकारसँग जोडिएको राष्ट्रिय सरोकारको विषय भएको बताइन् ।

उनले हिंसा गर्ने व्यक्तिको पद, प्रतिष्ठा, आर्थिक हैसियत वा राजनीतिक पहुँचका आधारमा कानुन फरक हुन नसक्ने स्पष्ट पार्दै पीडितको अधिकारलाई हिंसा गर्ने व्यक्तिको पहुँचभन्दा माथि राख्नुपर्ने बताइन् ।

‘पीडितले न्याय खोज्दा विभिन्न कार्यालय धाउनुपर्ने, पटकपटक आफ्नो पीडा सुनाउनुपर्ने र न्यायका लागि वर्षौं कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ,’ उनले भनिन् ।

मन्त्री वादीले महिला तथा बालिकामाथि घर, कार्यस्थल, सार्वजनिक स्थान, विद्यालय, वैदेशिक रोजगारी र डिजिटल माध्यमबाट समेत हिंसा भइरहेको बताइन् ।

यस्तै, दलित महिला, अपाङ्गता भएका महिला, दुर्गम क्षेत्रका महिला, एकल महिला तथा आर्थिक र सामाजिक रूपमा पछाडि पारिएका समुदाय बढी जोखिममा रहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?