+
+
Shares

युक्रेनलाई आगामी वर्ष टिक्न १२५ अर्ब डलर विदेशी सहायता चाहिन्छ : जेलेन्स्की

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते २१:१९

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी सन् २०२७ मा देशको अर्थतन्त्र र सरकारी सञ्चालन कायम राख्न एक खर्ब २५ अर्ब ४५ करोड अमेरिकी डलर बराबरको बाह्य आर्थिक सहायता आवश्यक पर्ने बताएका छन् ।

जेलेन्स्कीले आफ्ना उच्च क्षेत्रीय अधिकारीहरूसँगको छलफलमा युक्रेनलाई आगामी वर्ष ११५ अर्ब युरो (करिब १२५ अर्ब ४५ करोड अमेरिकी डलर) बराबरको वैदेशिक आर्थिक सहयोग चाहिने बताएका हुन् ।

उनका अनुसार आगामी वर्षका लागि युरोपेली संघ (ईयू) बाट करिब ९० अर्ब युरो (९८ अर्ब ६८ करोड डलर) बराबरको सहयोग प्रतिबद्धता प्राप्त भइसकेको छ ।

बाँकी २५ अर्ब युरो (२७ अर्ब ४१ करोड डलर) जुटाउने स्रोतबारे भने सरकारले विभिन्न पक्षसँग छलफल गरिरहेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?