+

१०औं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा आर्मीको विजयी सुरुवात

२०८३ मंसिर  ९ गते ११:२९ २०८३ मंसिर ९ गते ११:२९

९ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।

बुधबारको भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ३-० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

खेलको पहिलो हाफमा दुई गोल गरेको आर्मीले दोस्रो हाफमा आत्मघाती गोल उपहार पाएको थियो । त्रिभुवन आर्मीका लागि २३औं मिनेटमा जर्सी नं २१ का भरत खवासले पहिलो गोल गरेका थिए भने दोस्रो गोल जर्सी नं १० का लाकेन लिम्बुले ५२औं मिनेटमा गरेका छन् ।

खेलको ६४ औं मिनेटमा लुम्बिनी प्रदेशका जर्सी नं. ४ का विकास लिम्बुले बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गरे ।

पहिलो खेलमा एक खेलाडीले पहेँलो कार्ड पनि पाए । लुम्बिनी प्रदेशका फागुराम थारुलाई पहेँलो कार्ड देखाइएको म्याच अफिसर वीरेन्द्र पाण्डेले जानकारी दिए ।

आज दोस्रो खेल २:३० बजे कोशी प्रदेश र बागमती प्रदेशबीच हुनेछ ।

१०औँ राष्ट्रिय खेलकुद फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय